logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

मुगुको छायाँनाथ रारा नगरपालिकाको मेयर उपमेयरमा कांग्रेस


अंकुरण खबर
741
Shares

मुगुको छायाँनाथ रारा नगरपालिकामा  मेयर र उपमेयर  दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। मेयरमा कांग्रेसका वडा नं ४ का निवर्तमान वडाध्यक्ष बिष्णु कुमार भाम र उपमेयरमा ऐश्वर्य मल्ल विजयी भएका हुन् ।

मेयरमा विजयी भामले ४ हजार ५ सय ९९ मत ल्याएएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बर बहादुर रावलले ३ हजार ८ सय ६० मत ल्याएका छन् । विजयी भामले एमालेका रावललाई ७ सय ३९ मतान्तरले फरक पारेका  छन् ।

उपमेयर  ऐश्वर्य मल्लले  ४ हजार ३ सय २५ मत ल्याएकी छिन् । उनकी प्रतिद्वन्द्वी एमालेकी टोमा लामाले  ३ हजार ७ सय १७ मत प्राप्त गरेकी छिन् ।