logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उदयपुरमा गठबन्धनका उम्मेदवारकाे जित


अंकुरण खबर
702
Shares

उदयपुर, ३ जेठ

उदयपुरको आठ स्थानीय तहमध्ये चार गाउँपालिकामा सत्ता गठबन्धनले जित हासिल गरेको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको उदयपुरमा चार गाउँपालिकाको नजिता सार्वजनिक भएको हो । गठबन्धनबाट नेकपा माओवादी केन्द्रले रौतामाई, ताप्ली र लिम्चुङबङु गाउँपालिकामा विजय हासिल गरेको छ भने उदयपुरगढी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भएका छन् ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले उदयपुरगढी, रौतामाई, ताप्ली गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा जितेका थिए । २०७९ सालमा एमाले गठबन्धनको कारण पराजित भएर वडामै सिमित भएको मतपरिमाणले देखाएको छ । सत्ता गठबन्धनका नेपाली कांग्रेसले भने चारवटै पालिकामा उपाध्यक्ष जित हात पारेका छन् ।