सार्वजनिक यातायातको भाडा फेरि बढेको छ। सरकारले लामो दूरीको सवारी भाडा ३.५ प्रतिशतले बढाएको हो।
आइतबार यातायात व्यवस्था विभागले नयाँ भाड दर सार्वजनिक गरेको छ।
जसमा यात्रुबहाक सवारीमा ३.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ४.६ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ५.१ प्रतिशतले भाडा वृद्धि गरिएको विभागले जनाएको छ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएसँगै सरकारले भाडा बढाएको हो। नयाँ भाडादर भाडा भोलि देखि लागू हुनेछ।