logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भूमिकास्थानकाे नगरप्रमुखमा जनमाेर्चाका थापा विजयी


अंकुरण खबर
1.885K
Shares

अर्घाखाँची, ३ जेठ

भूमिकास्थान नगरपालिकाकाे नगर प्रमुखमा राष्ट्रिय जनमाेर्चाका नेता झविलाल थापा निर्वाचित भएका छन् ।

केहिवेरअघि भएकाे मतगणनाकाे परिणाम अनुसार नेकपा एमालेका रेशम थापालाई ७०० मतले पराजित गर्दै थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेका थापाले ८३२४ मत प्राप्त गर्दा एमाले उम्मेदवार थापाले ७५२४ मत प्राप्त गरेका छन् । साथै उपप्रमुखमा पनि गठबन्धन पक्षधर माओवादी नेता बालकृष्ण बन्जाडे निर्वाचित भएका छन् ।