logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुरमा पुन: रेनुले बढाइन् मतान्तर


अंकुरण खबर
520
Shares

भरतपुर महानगरपालिकामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाएकी छन् । २१ हजार ७५४ मत  गणना हुँदा रेनुले ३५५ मतको अग्रता लिएकी हुन् ।

नेकपा माओवादी केन्द्रकी उम्मेदवार दाहालले ७ हजार २३ मत प्राप्त गर्दा नेकपा एमालेबाट मेयर उम्मेदवार विजय सुवेदीले ७ हजार ६८ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मदवार जगन्‍नाथ पौडेलले ३ हजार ५९४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ८ हजार ९८९ मत प्राप्त गरेका छन् । उनलाई राप्रपा उम्मेदवार हिमला गुरुङले ५ हजार ८४० मतका साथ पछ्याइरहेका छन् ।