logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुरमा मतान्तर बढाउँदै रेनु


अंकुरण खबर
1.313K
Shares

चितवनको भरतपुर नगरपालिकामा गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरेकी नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले एमालेका उम्मेदवार विजय सुवेदीभन्दा १ हजार ११९ को मतान्तर बनाएकी हुन् ।

२५ हजार ३५८ मत गणना हुँदा रेनुले ९०११ मत पाएकी छन् । उनलाई पछ्याइरहेका विजयले ७८९२ मत प्राप्त गरेका छन् । त्यस्तै, बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११२ मत ल्याएका छन् ।