काठमाडौंको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जित हासिल गरेको छ।
राप्रपाका रमेश नापित मेयरमा निर्वाचित भएका छन्।
नापितले ४७०० मत पाउँदा नकटतम प्रतिश्पर्धी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ४२०२ मत पाए।
राप्रपाले जितेको यो दोस्रो पालिका हो। यसअघि झापाको हल्दिबारीमा पनि राप्रपा विजयी भएको थियो।