logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय टोलीका खेलाडीबीचको विवाद :छानविन समितिले आज प्रतिवेदन बुझाउने


अंकुरण खबर
2.015K
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टोलीका खेलाडीबीचको विवादबारे तथ्य खोज्न गठन गरिएको समितिले बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रतिवेदन बुझाउने भएको छ ।

एन्फाको गत आइतबार बसेको आकस्मिक कार्यसमिति बैठकले भूतपूर्व राष्ट्रिय खेलाडी भिक्टर रानाको संयोजकत्वमा पूर्व खेलाडी विदुर विष्ट र नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा सम्मिलित समितिलाई यस घटनाको तथ्य खोज्न जिम्मेवारी दिएको थियो ।

समितिलाई ७ दिनको समय दिइएको भएपनि निर्वाचन र सार्वजनिक विदाका कारण १० दिनपछि समितिले प्रतिवेदन बुझाउने भएको छ ।