logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुन दलले कति कति जिते ? : ५२९ पालिकाको मतपरिणाम सार्वजनिक


अंकुरण खबर
1.534K
Shares

स्थानीय तहको निर्वाचनको परिणाम सार्वजनिक हुनेक्रम जारी छ।

कांग्रेसले अहिलेसम्म २३९ प्रमुख पदमा विजयी हुँदा २२० पालिका उपप्रमुख जितेको छ। कांग्रेस प्रमुख पदमा ८० स्थानमा अगाडि छ भने उपप्रमुख पदमा ७५ स्थानमा अगाडि छ।

एमालेले १५० पालिकामा प्रमुख जितेको छ। उपप्रमुखमा भने एमालेले १६१ स्थानमा विजयी भएको छ। एमाले प्रमुख पदमा ४२ र उपप्रमुख पदमा ७१ स्थानीय तहमा अगाडि छ।

नेकपा माओवादी केन्द्र १०२ स्थानको प्रमुखमा विजयी भएको छ भने १०६ स्थानमा उपप्रमुख जितेको छ। माओवादी १८ प्रमुख र २१ उपप्रमुख पदमा अगाडि छ।

जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख पदमा १२ स्थानमा जित हात पारेको छ भने एकीकृत समाजवादीले ९, राप्रपाले २, लोसपा १ स्थानमा जित हात पारेका छन्।

अन्य दलमध्ये नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा मात्र जित्न सकेको छ। सीके राउतको जनमत पार्टीले सप्तरीको हनुमान कंकालिनी नगरपाकिलामा जितेको छ भने ६ वटामा स्वतन्त्रले जितेका छन्।