logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङको घोराहीमा गठबन्धनलाई हराउँदै एमाले विजयी


अंकुरण खबर
936
Shares

दाङको घोराही उपमहानगरपालिकाको मेयर र उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएको छ। मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमा डिसी विजयी भएका हुन्।

नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हेमराज शर्मालाई पाँच हजार ३६० मतान्तरले पराजित गर्दै मेयरमा चौधरी पुनर्निर्वाचित भएका हुन्। चौधरीले ३१ हजार ७२८ मत र शर्माले २६ हजार ३६८ मत प्राप्त गरेका छन्।

उपमेयरमा एमालेकी डिसीले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार भुपबहादुर डाँगीलाई ४९ मतान्तरले पराजित गरेकी छिन्। डिसीले ३० हजार ४०३ मत र डाँगीले ३० हजार ३५४ मत प्राप्त गरेका छन्।