स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायु(तीनवटा मौसमी प्रणाली) रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागहरूमा आंशिक बदली छ ।
प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशलगायत अरू प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ, हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।