logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने


अंकुरण खबर
1.573K
Shares

परराष्ट्र मन्त्रालयले जेठ १० गतेलाई ‘नेपाल परराष्ट्र दिवस’को रुपमा मनाउने भएको छ ।

नेपाल वैदेशिक सेवा (गठन तथा श्रेणी विभाजन) नियमहरु, २०१८ को तर्जुमा भई नेपाल राजपत्रमा प्रकाशित भएको दिन २०१८ जेठ १० गतेको संस्मरणमा मन्त्रालयले सो दिन परराष्ट्र दिवस मनाउन लागेको हो ।

‘परराष्ट्र मन्त्रालयको त्रिपुरेश्वरस्थित बहुउेश्यीय भवनमा हुने औपचारिक कार्यक्रममा २०१८ साल र सोभन्दा अगाडि परराष्ट्र मन्त्रालयमा सेवा गरेका अग्रज कर्मचारीहरुलाई सम्मान गरिनेछ,’ मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अब हरेक वर्ष जेठ १० गतेलाई परराष्ट्र सेवा दिवसको रुपमा मनाइने मन्त्रालयले जनाएको छ ।