नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धन दलबाट नेपाली कांग्रेसका मेयरका उम्मेदवार प्रशान्त विष्ट र उपमेयरमा जसपाका कमरुद्दिन राईले दुई वडाको मतगणना नसकिँदै जित सुनिश्चित गरेका छन्।
विष्ट नेकपा एमालेका पशुपतिदयाल मिश्रभन्दा १०६८६ मतले अगाडि छन्।
मेयरमा राप्रपाका नन्दलाल बैश्यले ७१४५ मत प्राप्त गरेका छन्।
हालसम्म गणना भएका २१ वडाको अन्तिम मतपरिणाम अनुसार नेपाली कांग्रेसका विष्टले २१६७८ मत प्राप्त गरेका छन्।
उपमेयरमा पनि गठबन्धन दलबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका राईले १६११८ मत प्राप्त गरेका छन्।
उपमेयरमा एमालेकी शान्तिदेवी ढकालले १०४१४ मत प्राप्त गरेकी छन्।
उपमेयरमा एमालेकी शान्तिदेवी ढकालले १०४१४ मत प्राप्त गरेकी छन्।