logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मुसिकोट नगरपालिका प्रमुखमा कांग्रेस विजयी


अंकुरण खबर
1.001K
Shares

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी विजयी भएका छन्।

केसी ६ हजार ९१४ मत ल्याई नगरप्रमुख निर्वाचित भएका हुन्।

नेकपा माओवादी केन्द्रका बसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका हुन्।

शर्माले ६ हजार ९०१ मत ल्याए।

उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन मगर ६ हजार १४० मतसहित विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका थलबहादुर ओलीले पाँच हजार ९८५ मत ल्याएका छन्।