logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पनौतीको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


अंकुरण खबर
728
Shares

काभ्रेको पनौती नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।

कांग्रेसका रामशरण भण्डारी १४ हजार ५० मतसहित मेयरमा विजयी भए । निकटतम प्रतिद्वन्द्वी एमालेका भीम न्यौपानेले ११ हजार ७८३ मत पाए ।
यहाँ  कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएको थियो ।

उमपेयरमा एमालेकी गीता बन्जारा १२ हजार ३३७ मतसहित विजयी भएकी छन्।  निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका छवीलाल हुमागाईँले १० हजार ३८८ मत मात्र पाए ।