logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा एकीकृत समाजवादी कति वटा पालिकामा निर्वाचित


अंकुरण खबर
2.366K
Shares

नेकपा एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिकासहित हालसम्म १५ पालिकामा प्रमुखको स्थान बनाएको छ ।

कलमले २० पालिकामा उपप्रमुख पद प्राप्त गरेको छ ।

हेटौंडामा मीना लामालाई मेयर बनाएको समाजवादीकी दुर्गा पुनले सल्यानको कपुरकोट गाँउपालिकामा प्रमुख जितेकी छन् ।

डोल्पाको काइके गाँउपालिकामा अंगदकुमार राना, धादिङको धुनिवेशी नगरपालिकामा बालकृष्ण आचार्य, दोलखाको तामाकोशी गाँउपालिकामा द्रोणप्रताप केसी राजदेवी नगरपालिका रौतहटमा भिखारी यादव,उदयपुरगढी गाउँपालिकामा मानबहादुर केप्छाकी मगर,गौर नगरपालिका,रौतहटमा शम्भु साह,सखुवानान्कारकट्टी गाउँपालिका,सिरहामा केदारनाथ यादव डोल्पाको डोल्पोबुद्द गाउँपालिकामा कर्मा छोवल गुरुङ,मुगुको सारु गाँउपालिकामा धर्मबहादुर शाही, कैलालीको घोडाघोडी नगरपालिकामा खडक रावत,काभ्रेको मण्डनदेउपुरमा टोकबहादुर वाइबा बनेका हुन् ।