logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शपथ ग्रहणपछि मेयर नापितले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण


अंकुरण खबर
1.365K
Shares

राप्रपाबाट शंखरापुर नगरपालिकाको मेयरमा निर्वाचित रमेश नापितले शपथ ग्रहणपछि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली प्रकट गरेका छन् ।

शुक्रबार शपथ लिएपछि उनले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् । त्यसपछि उनले सहिदगेटमा पुगेर सहिदहरुप्रति माल्यार्पण तथा श्रद्धाञ्जली प्रकट गरेका छन् ।

नवनिर्वाचित मेयर नापितले आफ्नो कार्यकक्षमा पनि पृथ्वीनारायण शाहको तस्बिर राख्ने बताएका छन् ।