डोटीमा बस दुर्घटना हुदा १२ जना घाइते भएका छन्।
अछामका लागि छुटेको ना ५ च ९६६३ नम्बरको बस डोटीको शिखर नगरपालिका १ गेरुपानिमा दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शनिवार बिहान सवा ५ बजेतिर भएको बस दुर्घटनामा परि बस सहचालक गम्भिर घाइते भएका छन् भने ३ जना मध्यम र बाँकी ८ जना सामान्य घाइते भएका छन्।
घाइतेको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि बस चालक फरार छन्।