logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

बालेनको मतान्तर १५ हजारभन्दा बढी


अंकुरण खबर
1.287K
Shares

काठमाडौं महानगरपालिकामा स्वतन्त्र रुपमा स्थानीय चुनाव लडेका बालेनले फराकिलो अग्रता कायम राखेका छन्।

मतगणना शुरु भएदेखि नै अग्रता बनाएका बालेनले पाँच दलीय गठबन्धन र नेकपा एमालेका उम्मेदवारसँग १५ हजारभन्दा बढी मतको अग्रता बनाएका छन्।

महानगरमा अहिलेसम्म ९० हजार २९२ मतगणना हुँदा बालेनले ३३ हजार २६० मत पाएका छन्।

उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले मात्र १७ हजार ६९२ मत पाएका छन्।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छन्।