भरतपुर महानगरपालिकाको मेयर पदमा रेनु दाहालले आफ्नो अग्रता पाँच हजारभन्दा बढी मतले लिएकी छिन्।
गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पाँच हजार १३३ मतको अग्रता लिएकी हुन्।
उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गरेका छन्।
भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ।