logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पत्रकार लेखन वृद्धि पुरस्कार कोष स्थापना


अंकुरण खबर
897
Shares

जुम्ला,  ७  जेठ

जिल्लामा पहिलो पटक पत्रकार लेखन वृद्धि  तथा महासंघमा योगदान पुर्‍याउने  पत्रकार तथा कर्मचारीका लागि  पुरस्कार कोष स्थापाना गरिएको छ ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले आफ्नो ३९‌औँ जन्म दिनको अवसरमा लेखनमा याेगदान पुर्‍याउने  पत्रकार तथा कर्मचारीका लागि पुरस्कार कोष स्थापाना गरेका हुन् ।

जन्म दिन मनाउने बहानामा तडक भडक नगरी ,फजुल खर्च गर्ने परिपाटीको अन्य गर्ने प्रयासस्वरुप काेष स्थापना गरिएकाे उनले बताए ।

अध्यक्ष शाहीले आफ्नो जन्मोत्सवका अवसरमा ११ हजार रुपैयाँ जम्मा गरी पुरस्कार कोष स्थापना गरेका हुन ।

अध्यक्ष शाहीले भने ,‘जन्मदिनमा केक काट्नु भन्दा सबै पत्रकार साथीहरुले  जति सकिन्छ केही रकम कोषमा जम्मा गर्न अनुरोध गर्छु । ‘ धेरै पत्रकार साथीहरुको लेखन बृद्धि गर्ने हेतुले कोष स्थापना गरेको  उनको भनाइ छ ।

अध्यक्ष शाहीले चेक नेपाल पत्रकार महासंघका सचिब मानदत्त रावललाई  हस्तानतरण गरिएको छ । त्यस्तै, उक्त चेक ग्रहण गर्दै  सचिब रावलले रकम सानो भए पनि यसको महत्व ठूलो रहेको बताए ।