शैक्षिक क्षेत्रमा क्षति पुग्न नहुने भन्दै अधिकांश शिक्षण संस्थाले आज आइतबार विद्यालय खुलै राख्ने जनाएका हुन् ।
आइतबार बिदा दिने सरकारी निर्णयप्रति आपत्ति जनाउँदै अधिकांश शिक्षण संस्थाले आज आइतबार पनि पठनपाठन जारी राखेका छन् ।
प्याब्सन र एन प्याब्सन काठमाडौंले संयुक्त सूचना जारी गरी विद्यालय खुला गर्ने निर्णय गरेअनुरूप आज उपत्यकाका निजी विद्यालय खुला हुने भएका छन् ।
त्यस्तै त्रिभुवन र सुदूरपश्चिम विश्वविद्यालयले सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको पठनपाठन आइतबार पनि बन्द नहुने जनाएको छ ।
स्थानीय तहले सरकारी निर्णय कार्यान्वयन नगर्ने भन्दै विद्यालय खुला गरेका छन् ।