विश्वव्यापी रूपमा देखिएको खाद्य तथा इन्धन संकटको प्रभाव नेपालसम्म आइपुगेको छ ।
गहुँ, जौ, तेल, गेडागुडी, फलाम, कोइलालगायत निर्यातमा युक्रेन र रुस विश्वकै अग्रणी देश हुन् र रुस–युक्रेन युद्धले विश्वभरि नै बजार भाउ निकै अकासिएको छ ।
विश्वव्यापी खाद्य संकट चुलिने आकलन गरेर भारतले गहुँ निर्यातमा रोक लगाएको छ ।
कोभिडपछि मागको तुलनामा आपूर्ति बढ्न नसक्दा विश्वभर मूल्यवृद्धिको दबाब पर्न थालेको समयमै रुस–युक्रेन युद्धले विश्वभरि नै बजार भाउ निकै अकासिएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।