logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बर्दियामा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु


अंकुरण खबर
715
Shares

बर्दियाको बारबर्दिया नगरपालिका–७ सिउनियामा हिजो साँझ मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५३ वर्षीया रीता रिजाल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकलयात्री रिजाललाई हिजो साँझ पौने ६ बजे भे ६ प २९१५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइलक सहित चालकलाई ईलाका प्रहरी कार्यालय मोतिपुरले नियन्त्रणमा लिएको छ ।