logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रौतहटमा ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


अंकुरण खबर
572
Shares

रौतहटको देवाही गोनाही नगरपालिका–८ संग्राहलय चोकमा गएराती ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृतक अन्दाजी ३० वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा झाझपुल स्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको हो ।

ना ३ त ७०७३ नम्बरको ट्रयाक्टरले गएराती ९ बजे भारतीय नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ट्रयाक्टर चालक फरार भएकोले खोजी भइरहेको ईलाका प्रहरी कार्यालय देवाही गोनहीले जनाएको छ ।