logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

माओवादीले जित्यो १२० पालिका प्रमुख


अंकुरण खबर
546
Shares

नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

मतगणना सम्पन्न भएको ७२९ पालिकामध्ये माओवादीका उम्मेदवारले उक्त संख्यामा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका हुन् ।

निर्वाचन आयोगका अनुसार अब २४ वटा पालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । मतगणना जारी रहेका पालिकामध्ये २ वटामा माओवादीका उम्मेदवारको अग्रता रहेको छ ।

आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो ।