logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हत्यामा संलग्न रहेको आरोपमा १७ वर्षीय किशोर पक्राउ


अंकुरण खबर
1.066K
Shares

ठोरी गाउँपालिका–५ ठुलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जना १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ ।

ती किशोरलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सोही गाउँपालिका–५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउँको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छाडी फरार भएका थिए ।

वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो ।

उक्त घट्नामा सलंग्न रहेको खुल्न आएका हाल फरार अन्य ३ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका किशोरमाथि ज्यान सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको  छ ।