logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध भक्तपुरमा प्रदर्शन


अंकुरण खबर
1.105K
Shares

सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो ।

नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरले संयुक्त रूपमा प्रदर्शन तथा सभा गरेका हुन् ।

जुलुस भक्तपुर नगरको पूर्वमा रहेको कमलविनायकबाट सुरु भएको थियो । कमलविनायकबाट जुलुसले नगर परिक्रमा गरेको थियो । जुलुस कमविनायकबाट च्याम्हासिंह, सूर्यमढी, दतात्रय, इनचो, गोल्मढी, सुकुलढोका हुँदै टौमढीमा पुगेको थियो । त्यहाबाट पुनः गहिटी, रामन्दिर हुँदै सूर्यविनायकमा पुगेर सभामा परिणत भएको थियो ।

सभामा नेपाल मजदुर किसान पार्टी भक्तपुरका अध्यक्ष एवं प्रदेश सांसद सुरेन्द्रराज गोसाईं, नेपाल क्रान्तिकारी युवा संघ भक्तपुरका अध्यक्ष मीनबहादुर बाटा, नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरका अध्यक्ष विमल सुवाललगायतले तत्काल मूल्यवृद्धि फिर्ता लिन दबाब दिएका थिए