logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नगरक्षेत्रमा निःशुल्क शव वाहनको व्यवस्था गर्ने सुन्दरबजार नगरपालिकाको पहिलो निर्णय


अंकुरण खबर
1.339K
Shares

लमजुङको सुन्दरबजार नगरपालिकामा नगर बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने भएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि नगरवासीको हितलाई मध्यनजर गर्दै नगरपालिकामा रहेका दुई वटा नगरबसमध्ये एउटा बसलाई निःशुल्क शव वाहनको रूपमा प्रयोग गरिने भएको नव निर्वाचित मेयर कृष्णप्रसाद कोइरालाले बताए ।

उनले भने जिल्लामै शव वाहनको व्यवस्था छैन । सुन्दरबजार नगरपालिकामा दुई वटा नगर बस छ यसको सही व्यवस्थापन हुन सकेको छैन । यहाँ शव वाहनको निकै आवश्यकता छ । नगरवासीको आवश्यकतालाई मध्यनजर गदै नगरवसलाई शवबाहनको व्यवस्था गरिनेछ ।