logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रिय खेलकुद सर्यो, नयाँ मिति असोज अन्तिम साता


अंकुरण खबर
1.131K
Shares

गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी अभावका कारण सरेको छ ।

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङ, उपाध्यक्ष शिव कोइरालाको उपस्थितिमा भएकाे कार्यक्रमले मिति सरेको जनाएको हो ।

नवौं खेलकुद प्रतियाेगिता २२ देखि २८ जेठमा हुने पूर्व निर्धारित तालिका थियाे ।

नंया मिति २८ असोजदेखि ३ कार्तिकका लागि तोकिएको छ । युवा तथा खेलकुद मन्त्री गहतराजले वर्षा समय र दसैं तिहार नछेकिने गरि मिति तय गरेको जनाए ।