logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा युवकको हत्या गरी फरार रहेका तीन जना अभियुक्त काठमाडौंबाट पक्राउ


अंकुरण खबर
1.014K
Shares

ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय प्रविण पाख्रिनको हत्यामा संलग्न तीन जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई सोमबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा ठोरी गाउँपालिका–५ ठूलो बाघमोर्चाका २२ वर्षीय सरोज स्याङ्वो, पर्सा वीरगंज महानगरपालिका–३२ रामबनका २० वर्षीय किशन लोप्चन र १७ वर्षीय किशोर रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले सोही गाउँपालिका–५ बाघमोर्चा मन्दिरको छेउमा प्रविणलाई जेठ ६ गते दिउँसो अज्ञात व्यक्तिहरूले ढुंगाले टाउको र अनुहारमा प्रहार गरी बेहोस अवस्थामा छोडेका थिए ।

वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारको क्रममा आइतबार बिहान प्रविणको मृत्यु भएको थियो । घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई काठमाडौं महानगरपालिका–३ महाराजगंजबाट पक्राउ गरिएको हो ।

उनीहरूमाथि ज्यान सम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय पर्साबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।