logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वकै होचा तन्नेरीको कीर्तिमान डोरबहादुर खपाङ्गीको नाममा


अंकुरण खबर
1.521K
Shares

उमेरले १८ वर्ष टेकेपनि सिन्धुलीका डोरबहादुर खपाङ्गीको उचाइ हाल ७३.४३ सेमी (२ फिट ४.९ इन्च) छ।

जसका कारण खपाङ्गीले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा संसारको सबैभन्दा होचा तन्नेरीको कीर्तिमान बनाएका छन्।

तीन दिदी र चार दाजुभाइमध्ये कान्छा डोरबहादुर अहिले कक्षा एकमा पढ्ने र उनलाई घरबाट स्कूल बोकेर लैजानुपर्ने उनका दाजु नरबहादर खपाङ्गीले बताए।

गत वर्ष नागरिकता प्रमाणपत्र लिएका उनलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको प्रमाणपत्र काठमाण्डूमा हस्तान्तरण गरिएको छ।

(from BBC)