logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कहिलेदेखि सहुलियतमा पाइएला घरायसी प्रयोगको ग्यास ?


अंकुरण खबर
1.846K
Shares

घरायसी प्रयोगकर्ताहरूलाई छुट्टै सहुलियत दरमा एलपी ग्यास विक्री गर्ने कुरा सरकारमा निर्भर भएको निगमको भनाइ छ।

सरकारले त्यो दिशामा अघि बढ्ने निर्णय गरेमा त्यसको कार्यान्वयनका लागि आफूहरू सधैँ तयार रहेको प्रवक्ता उपाध्याय बताउँछन्।

“यदि राज्यले हामीलाई ‘यो यो मापदण्डमा टेकेर एलपीजीको वितरण गर, गरिबलाई यसरी छुट्ट्याऊ, विद्यार्थीलाई यसरी छुट्ट्याऊ’ भनेर भन्ने हो भने निगम त्यो गर्न तयार छ,” उनले थपे।

तर आफैँले अध्ययन गरेर त्यो अवस्थामा पुग्न निगमसँग आवश्यक स्रोतसाधन नरहेको उपाध्यायको तर्क छ।

उसो भए सर्वसाधारणलाई तत्काल एलपी ग्यास सहुलियतमा दिने सम्भावना छ कि छैन भन्ने जिज्ञासामा उनले भनेः “तत्काल त्यस्तो देखिँदैन।”

(FROM BBC)