logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

सर्लाहीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


अंकुरण खबर
1.001K
Shares

सर्लाहीको हरिवन नगरपालिका–१० सुकेपोखरीमा गएराती बसको ठक्करबाट पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

मृतक अन्दाजी ४० वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ ।

काँकरभिट्टाबाट काठमाण्डौ आउँदै गरेको ना ६ ख ३२६८ नम्बरको बसले गएराती १ बजे पैदल हिडिरहेकी महिलालाई ठक्कर दिएको थियो ।

बस सहित चालकलाई इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीले नियन्त्रणमा लिएको छ ।