logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागुऔषधसहित दुई युवक पक्राउ


अंकुरण खबर
1.248K
Shares

बारा प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

उनीहरूलाई एक हजार २०० पिस अवैध लागुऔषध इन्जेक्सन (फेनार्गन ४०० पिस, डाइजिपाम ४०० पिस र नुर्फिन ४०० पिस)सहित दुई जना पक्राउ गरेको  प्रहरीले जनाएकाे छ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका- १ भवानीपुर बस्ने वर्ष ४२ को निर्वान मियाँ र वडा नम्बर ६ मदर्शा टोल बस्ने वर्ष ४० को ओसी अहमद रहेका छन् ।

कलैया उपमहानगरपालिका- १० मटिअर्वामा रहेको पुरानो चौकीस्थित सडकमा भारतबाट नेपाल तर्फ आउँदै गरेको ना.८ प ७७५५ नम्बरको मोटरसाइकलमा चेकजाच गर्ने क्रममा लुकाइराखेको लागूऔषधसहित उनीहरूलाई पक्राउ गरिएकाे प्रहरीकाे दाबी छ ।