logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१५ वर्षीया छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपल पाँच वर्षपछि पक्राउ


अंकुरण खबर
845
Shares

प्रहरीले १५ वर्षीया छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपललाई घटना भएको पाँच वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस् इङ्लिस स्कूलका प्रिन्सीपल ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्का रहेका छन् ।

सिन्धुली कमलामाई नगरपालिका–७ स्थायी ठेगाना भएका उनलाई प्रहरीले बिहीबार काठमाडौकों त्रिपुरेश्वरबाट पक्राउ गरेको हो ।

खड्काले आफ्नै स्कूलमा पढने बिरामी भएकी १५ वर्षीया छात्रालाई घुमाउने र आौषधि उपचार समेत गरी दिने भनी २०७४ साउन २६ गते सुनसरीको धरान उपमहानगरपालिका–१० स्थित गेष्ट हाउसमा पु–याई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उनले ती छात्रालाई स्कूलबाट रेष्टिकेट गरिदिने भनी धम्क्याई बलात्कार गरेको प्रहरीको भनाइ रहेको छ ।

बलात्कृत भएपछि उक्त स्कूल छाडी अर्कै स्कूलमा पढिरहेकी ती छात्रालाई खड्काले विवाह गर्छु भनी फकाउने र समाजमा वेइज्जत गरीदिने धम्की दिदै पटक–पटक मानसिक यातना दिने गरेका थिए ।

बलात्कार गरेको भन्ने जाहेरी दरखास्त २०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा परेपछि खड्का फरार रहेका थिए ।

काठमाडौं टोखा नगरपालिकास्थित वानियाटरमा डेरामा लुकिछिपि बसेका खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने छ ।