logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ


अंकुरण खबर
1.001K
Shares

आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका–२ बस्ने ४३ वर्षीय दिनेश कुमार राजभरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका कारण राजभरले श्रीमतीलाई शुक्रबार राति काठ र फलामको रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेपछि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनीउपर जिल्ला अदालत मोरङबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।