logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानन्यायाधीश जबरा र न्यायाधीश केसीले पूर्वडीआईजी कोइरालाको मुद्दामा गरेको फैसला उल्टी


अंकुरण खबर
533
Shares

सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनप्रसाद कोइरालाको फेरि जेल यात्रा हुने भएको छ । सर्वोच्च अदालतले उनलाई यसअघि दिएको कैद छुटको आदेश उल्टी गरेसँगै कोइरालाको फेरि जेल यात्रा हुने भएको हो ।

बिहीबार कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा. कुमार चुडालको पूर्ण इजलासले कर्तव्य ज्यान मुद्दामा कैद सहुलियत नहुने भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय छुट दिन दिएको आदेश उल्टी गरिदिएको हो ।
आदेशमा जन्मकैदको सजायमा सहुलियत दिन नसकिने उल्लेख छ ।

१५ असार २०७७ मा जबरा र केसीको इजलासले चित्तमा लागेको भन्दै तजबिजी अधिकार प्रयोग गर्दै कोइरालाको कैद सजाय घटाउँदै साढे आठ वर्ष भुक्तान गरे हुने फैसला गरेको थियो ।

त्यसविरुद्ध ११ साउन २०७७ मा महान्यायाधिवक्ताको कार्यालयले उक्त आदेशविरुद्ध पुनरवलोकन रिट दिएको थियो ।

कोइराला २०६८ मा श्रीमती गीता ढकालको हत्या गरी शवसमेत नष्ट गरेको कर्तव्य ज्यान मुद्दामा दोषी ठहर यसअघि नै भइसकेका छन् ।