logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युवा परिषद् मकवानपुरको अध्यक्षमा पाख्रिन


अंकुरण खबर
728
Shares

जिल्ला युवा परिषद् मकवानपुरको अध्यक्षमा सुमन पाख्रिन नियुक्त भएका छन् । पाख्रिनलाई बिहीबार बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले परिषद्को मकवानपुर अध्यक्षमा नियुक्त गरेका हुन् ।

जिल्लामा खाली रहेको पदमा उनलाई नियुक्त गरिएको हो । पाख्रिन नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपाल बागमती प्रदेशका सह–संयोजक एवम् मकवानपुर जिल्ला इन्चार्ज रहेका छन् ।

प्रदेश सरकारले सातवटा जिल्लामा राजनीतिक आस्थाका आधारमा आफू निकटलाई अध्यक्षमा नियुक्त गरेको छ । बाँकी जिल्लामा सत्तारुढ गठबन्धनका सिफारिसको आधारमा नियुक्त गर्ने बताइएको छ ।