logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

१३ पालिकामा स्वतन्त्र उम्मेदवार विजयी


अंकुरण खबर
468
Shares

स्थानीय तह निर्वाचनमा एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजय भएका छन् ।

जसमा बालेन्द्र साह (काठमाडौं महानगर), हर्क साम्पाङ (धरान उपमहानगर), मनोजकुमार साह सुडी (जनकपुरधाम उपमहानगर) र गोपाल हमाल (धनगढी उपमहानगर)को प्रमुखमा विजयी  प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवारहरू प्रह्लादकुमार क्षेत्री (बर्दिबास नगरपालिका, महोत्तरी), राजुसिंह कठायत (चन्दननाथ नगरपालिका, जुम्ला) र कमलबहादुर शाही (खाँडाचक्र नगरपालिका, कालिकोट)  दौलथकुमार कुलुङ राई (साल्पासिलिछो गाउँपालिका, भोजपुर), ज्ञानेन्द्र रुम्दाली (मानेभञ्ज्याङ गाउँपालिका, ओखलढुंगा), कार्मा छोइवेल गुरुङ (डोल्पोबुद्ध गाउँपालिका, डोल्पा), मोहनबहादुर केसी (सान्नी–त्रिवेणी गाउँपालिका, कालिकोट), प्यारीलाल शाही (चंखेली गाउँपालिका, हुम्ला) र सन्तोषप्रकाश जोशी (डिलासैनी गाउँपालिका, बैतडी)को अध्यक्षमा निर्वाचित भएका छन् ।