logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्पले डस्दा एक जनाको मृत्यु


अंकुरण खबर
2.535K
Shares

सर्पले टोक्दा बैतडीको सिगास गाउँपालिकामा एक जनाको मृत्यु भएको छ।

सिगास-७ नुवाघरका ५५ वर्षीय करे दमाईको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

घरमै सुतिरहेका वेला शुक्रबार बिहान उनलाई सर्पले टोकेको र केहीबेरमै उनको मृत्यु भएको जोशीले बताए।