logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

रोटरीले दियो शिर मेमोरियल अस्पतालमा ४५ लाखको स्वास्थ्य उपकरण


अंकुरण खबर
2.353K
Shares

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरमा रहेको शिर मेमोरियल अस्पतालको आकस्मिक सेवा कक्षको स्तरवृद्धि गर्न रोटरी क्लबको सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ धुलिखेल, बनेपा, बालाजु र सिगाँपुर रोटरीको सहयोगमा आपतकालीन शैयाको सुधारका लागि ४५ लाख मूल्य बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

धुलिखेल रोटरीका पुर्व अध्यक्ष रन्जिब श्रेष्ठले बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्य र अस्पतालका निमित्त कार्यकारी अधिकृत सुन्दर थापालाई उक्त सामाग्री एक कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको थियो ।

अस्पतालका कार्यकारी निर्देशक सुन्दर थापाले अस्पतालबाट सुधार गर्नुपर्ने काम र विस्तार गर्नुपर्ने सेवा धेरै रहेको बताउँदै नगरपालिकासँगको समन्वयमा नजिक रहेर काम गर्न तयार रहेको बताए ।