logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

युक्रेनी सगरमाथा आरोही: ‘चुचुरोबाट युद्ध लडिरहेका बुवा र भाइको सुरक्षाको कामना गरेँ’


अंकुरण खबर
1.313K
Shares

सगरमाथाबाट ओर्लिँदासम्म युद्ध अन्त्य भएको हेर्न चाहने युक्रेनी आरोही एन्टोनिना सामाइलोभाको सपना पूरा हुन नसकेकोमा उनी चिन्तित छन्।

सगरमाथा आरोहण गरेर केही दिन काठमाण्डूमा रहेकी उनले सिधै आफ्नो देश युक्रेन फर्किन सम्भव देखेकी छैनन्।

उनी क्रोएसिया आश्रय लिइरहेकी आफ्नी बहिनीसँग रहने र परिस्थिति अनुकूल बनेपछि मात्र आफ्ना बुवा र भाइलाई भेट्ने बीबीसीलाई बताइन्।

आफ्ना बुवा र भाइसमेत सहभागी भएको युद्ध चलिरहँदा सामाइलोभाले सगरमाथा चढेकी हुन्।

उनले भनिन्, ”सगरमाथाको चुचुरोबाट युद्ध लडिरहेका बुवा र भाइको सुरक्षाको कामना गरेँ”                                                                        from (BBC)