logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा गोली लागेर एक जनाको मृत्यु


अंकुरण खबर
923
Shares

दाङमा गोली लागेर एकजनाको  मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका र लमही नगरपालिकाको सीमाना रहेको जँगलमा सिकार खेल्न गएका लमही नगरपालिका वडा नम्बर– १ बौराह निवासी २३ वर्षीय कालुराम घर्ती मगरको गोली लागेर मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको छ ।

घटनामा संलग्न रहेको भन्दै प्रहरीले ८ जनालाई हिरासतमा लिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।