युद्धका कारण विश्व नै खाद्य संकटतर्फ धकेलिन सक्ने संयुक्त राष्ट्र तथा विश्व व्यापार संगठनको भनाइ छ।
संयुक्त राष्ट्रसंघ विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बेस्लेयले अहिले नै विश्वका ४ सय मिलियन मानिसले खाना नपाएको बताएका छन ।
युद्धका कारण ३२० मिलियन मानिसले भोकमरीको सामना गर्नुपर्नेछ।
तीमध्ये ४३ देशका ४९ मिलियन मानिसको अवस्था निकै नाजुक रहने पनि बेस्लेयले बताए।
यो भनेको सन् २००८/२००९ को विश्व आर्थिक संकटभन्दा बढी खतरनाक समय हुने पनि उनको तर्क छ।
विश्व व्यापार संगठनकी महानिर्देशक न्गोजी ओकोन्जो वेलाले यो खाद्य संकटले युक्रेनी जनतासँगै गरिब देशका गरिब जनता मारमा पर्ने बताइन्। गरिब देशहरू धान, गहुँ, मकैलगायत खाद्यवस्तुहरू आयात गर्नेमा पर्छन् र यी देशहरू नै मारमा पर्ने उनको भनाइ छ।