आगामी आर्थिक वर्ष २०७९(८० को वार्षिक बजेट सरकारले आज आइतबार संघीय संसदमा प्रस्तुत गर्दैछ ।
जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री जनार्दन शर्माले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन् ।
अर्थमन्त्री शर्माले आइतबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ ।
सरकारले वृद्धभत्ता पाउने उमेर ६८ बनाउने तयारी गरेको छ ।
निजामती कर्मचारीको तलब वृद्धिमा पनि सामान्य वृद्धि गर्ने तयारी आर्थमन्त्रालयको छ ।