logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जहाज बेपत्ता अपडेटः १९ यात्रु लिएर उडेको थियो


अंकुरण खबर
312
Shares

जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० मिनेटमा जहाज पुग्छ । तर, जहाज उडेको १ घण्टासम्म पनि सम्पर्क हुन सकेको छैन ।

विमानस्थलका अनुसार जहाजमा १९ यात्रु थिए । अहिले हेलिकोप्टर पठाउने तयारी भइरहेको छ । एउटा हेलिकोप्टर जोमसोममै भए पनि मौसम खराबीका कारण उड्न नसकेको बताइएको छ ।

अहिले यो रुटमा बादल लागिरहेको बताइएको छ । यसअघि बिहान समिट एयरको २ जहाज जोमसोम पुगिसकेको थियो ।