काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोलले सोमबार सपथग्रहण गर्दैछन्।
बिहान ११ बजे महानगरका मुख्य निर्वाचन अधिकृतले प्रमुख साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम छ।
लगत्तै ३२ वडाका अध्यक्षलाई शपथग्रहण गराउने कार्यक्रम छ।
त्यसपछि ३२ वटै वडा अध्यक्षसहितको बोर्डको बैठक बस्ने र विभिन्न निर्णय गर्ने कार्यक्रम तय भएको छ ।