logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नब निर्बाचित नगर प्रमुख श्रेष्ठको निर्णयः आफ्नो सेवा सुविधा बिपन्न तथा गरिबीको स्वास्थ्य शिक्षामा लगानी


अंकुरण खबर
1.534K
Shares

उदरपुरकाे कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले आफूलाई प्राप्त सेवा सुविधावापतकाे रकमबाट नगरका विपन्‍न परिवारलाई शिक्षा र स्वास्थ्यमा सहयाेग गर्ने बताएका छन् । साेमबार नगर प्रमुख पदभार ग्रहण गरेका उनले त्यसका लागि काेष स्थापना गर्ने बताए ।

आफूले पाउने सेवा सुविधालाई जनताकाे भविष्यसँग जाेड्न चाहेकाे उनकाे भनाइ छ ।

यस्तै, श्रेष्ठले जनताका काममा आफू सँधै सहज रूपमा उपलब्ध हुने र सकारात्मक रहने बताए । नगर प्रमुखकाे रूपमा उनकाे पहिलाे निर्णय नगरको सेवालाई चुस्तदुरुस्त, पारदर्शी, मितव्यी, प्रभावकारी, जनमुखी र सेवाग्राहीमैत्री बनाउन सरोकारवालाहरूसँग समन्वय र सहकार्य गर्ने रहेकाे छ ।