logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका १२ जनाको शव आज काठमाडौ ल्याइने


अंकुरण खबर
975
Shares

तारा एयरको ‘टुवीन् अटर नाइन एन–एइटी’ विमान दुर्घटना हुँदा मृत्यु भएको सबै २२ जनाको शव भेटिएको छ ।

विमान आइतबार पोखराबाट जोमसोमबाट जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए । दुर्घटनामा सबैको मृत्यु भएको थियो ।

नागरिक उड्डयन प्राधिकरणले विमान दुर्घटनामा मृत्यु भएका थप १२ जनाको शव आज काठमाडौं ल्याइने जनाएको छ । १० जनाको शव सोमबार नै काठमाडौं ल्याइएको थियो ।

‘दुर्घटनामा निधन भएकोमध्ये १० जनाको शव जेठ १६ गतेका दिन काठमाडौं ल्याइएको र बाँकी रहेका १२ जनाको शव आज विहान ८ः३० बजे फिस्टेल एयरको हेलिकप्टरबाट आधार स्थल कोवाङ्ग ल्याइसकेको र उक्त शवहरु नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं ल्याइने क्रममा रहेको जानकारी गराइन्छ,’ प्राधिकरणले मंगलबार विहान जारी गरेको विज्ञप्तिमा भनिएको छ ।